कांग्रेस महाधिवेशन प्रतिनिधिमा जनकराज तिमिल्सिनाको उम्मेदवारी, सामाजिक सेवासँगै युवामाझ लोकप्रियता
गणेश घिमिरे
असोज ५, इलाम
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत इलाम क्षेत्र नम्बर २ बाट खस आर्यतर्फ महाधिवेशन प्रतिनिधिमा जनकराज तिमिल्सिनाले उम्मेदवारी दिनु हुने भएको छ । पार्टीको संगठन सुदृढीकरणसँगै युवाको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिँदै तिमिल्सिना महाधिवेशन प्रतिनिधिको दौडमा अघि बढनु भएको हो । नेपाली कांग्रेसको रूपान्तरणका लागि युवाको सहभागिता र नेतृत्व आवश्यक रहेको धारणा राख्दै आउनु भएका तिमिल्सिना पार्टीको वडा अधिवेशनबाट निर्वाचित वडा सभापति, वडा कार्यसमितिका पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरूलाई बधाईसमेत दिनु भएको छ । उहाँले अधिवेशनमा सहभागी सबै क्रियाशील सदस्य तथा पार्टीका नेता–कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्दै आगामी महाधिवेशनमा आफूलाई साथ र सहयोग गर्न आग्रह गर्नुभएको छ । नेपाल तरुण दलका केन्द्रीय सदस्यसमेत रहनु भएका तिमिल्सिना लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय हुनुन्छ ।
निर्माण व्यवसायमा समेत आबद्ध उहाँ व्यवसायसँगै सामाजिक गतिविधिमा निरन्तर जोडिँदै आउनु भएको छ । गरिब तथा असहाय परिवारलाई सहयोग गर्ने, विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउने तथा विपद्का समयमा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्यमा उहाँले सक्रिय भूमिका निभाउँदै आउनु भएको छ । इलाममा आयोजना हुने विभिन्न खेलकुद प्रतियोगितामा समेत तिमिल्सिनाको सक्रियता देखिँदै आएको छ । विशेषगरी फुटबललगायत प्रतियोगितामा युवाको मनोबल बढाउन उहाँले खेल सामग्री तथा आर्थिक सहयोग गर्दै आउनु भएको छ । खेलकुदका माध्यमबाट युवालाई प्रोत्साहन गर्ने गतिविधिका कारण उहाँ जिल्लाका युवामाझ परिचित हुनुन्छ । उहाँले जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउन पनि सहयोग गर्दै आउनु भएको छ । तिमिल्सिनाको पहल तथा समन्वयमा विभिन्न संस्था र सहयोगदातामार्फत विद्यालयहरूमा शैक्षिक सामग्री उपलब्ध गराउने कार्यसमेत हुँदै आएको छ । गतवर्ष इलाममा आएको भीषण वर्षापछि बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराउने अभियानमा पनि तिमिल्सिना सक्रिय थिए ।
विपद्को समयमा प्रभावित परिवारसम्म राहत पु¥याउन विभिन्न व्यक्ति तथा संस्थासँग समन्वय गर्दै उहाँले सहयोग गर्नुभएको थियो । सामाजिक सेवा, खेलकुद, शिक्षा तथा विपद् व्यवस्थापनका क्षेत्रमा सक्रिय रहँदै आउनु भएका तिमिल्सिना अब पार्टीको महाधिवेशन प्रतिनिधिका रूपमा कांग्रेसको नीति, संगठन र नेतृत्व निर्माण प्रक्रियामा भूमिका खेल्ने लक्ष्यसहित अघि बढ्नु भएको छ । युवालाई पार्टीको मूलधारमा जोड्दै कांग्रेसलाई थप गतिशील र जनमुखी बनाउनुपर्ने उहाँको धारणा छ । इलाम नगरपालिका स्थित धोबिधाराका स्थायी बासिन्दा तिमिल्सिना सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहेकाले क्षेत्र नम्बर २ का कांग्रेस कार्यकर्तामाझ आफ्नो उम्मेदवारी लिएर पुग्न थाल्नु भएको छ । पार्टीको काममा सधै क्रियाशिल उहाँले पार्टीको आदर्श, राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात् गर्दै संगठनलाई बलियो बनाउन आफूले भूमिका खेल्ने बताउनु भएको छ ।
सहकारी क्षेत्रबाट भोटेकोशी बाढीपीडितका लागि ६ लाख ४० हजार राहत
गणेश घिमिरे भदौ २४, इलाम रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि इलामको सहकारी क्षेत्रले ६ लाख ४०
प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण
गणेश घिमिरे भदौ १९, इलाम इलामकी कवि तथा साहित्यकार प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण गरिएको छ । पौडेलको साहित्यिक यात्राको सातौँ
स्वर्गीय माता–पिताको स्मृतिमा राइ दम्पत्तिद्धारा नारायणस्थानमा प्रवेशद्वार निर्माण
गणेश घिमिरे भदौ १९, इलाम धार्मिक तथा पर्यटकीय महत्व बोकेको इलामको नारायणस्थान मन्दिरमा नयाँ प्रवेशद्वार निर्माण गरिएको छ । इलाम नगरपालिका–७
.png)





प्रतिकृया दिनुहोस